प्रतिनिधिसभा विघटन हुँदैमा लोकतन्त्र मासियो भन्नु अनुचित : मुख्यमन्त्री पोखरेल « Khabarhub

प्रतिनिधिसभा विघटन हुँदैमा लोकतन्त्र मासियो भन्नु अनुचित : मुख्यमन्त्री पोखरेल


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा विघटन गर्दैमा प्रतिगमन नहुने बताएका छन् ।

उनले संसद् विघटन गरेर नयाँ जनादेशका लागि निर्वाचनको मिति तोक्ने काम अग्रगमन भएको बताएका हुन ।

नेकपा अर्घाखाँचीले सन्धिखर्कमा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले प्रतिनिधिसभा विघटन हुँदैमा संघीयता, गणतन्त्र केही खारेज नहुने स्पष्ट पारे ।

उनले भने, “राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकारमात्र हैन कुनै संवैधानिक अङ्गहरुसमेत विघटन नभएको अवस्थामा प्रतिनिधिसभा विघटन हुँदैमा लोकतन्त्र मासियो भनेर भन्नु अनुचित हो ।”

उनले पूर्वप्रधानमन्त्री माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डहरुलाई निर्वाचनमा जान डराएको आरोप लगाए ।

उनले निर्वाचन आयोगमा पुगेर निर्वाचनका काम अगाडि नबढाउन आग्रह गर्नुले निर्वाचनमा जान डाराएर देखिएको उनको आरोप थियो ।

यस्तै ऊर्जा, सिंचाई तथा जलस्रोतमन्त्री टोपबहादुर रायमाझीले लोकतन्त्र र सङ्घीयता बचाउन संसद् विघटनको विकल्प नभएको बताए । उनले उपलब्धिको रक्षा गर्न सबैभन्दा उत्कृष्ट बाटो नै प्रतिनिधिसभाको विघटन गरी निर्वाचनको मिति तय गरेको समेत बताए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  १० : ३६ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु