हिमाली भेगमा हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना « Khabarhub

हिमाली भेगमा हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पश्चिम वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टा प्रदेश नं १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका  पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा बिहीबार रातिसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ ।

हिमपात, वर्षा र हुस्सुले तापक्रममा सामान्य गिरावट आउन सक्ने भएकाले जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन ०४ गते (मंगलबार)

दिउँसो :  प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

फाल्गुन ०५ गते (बुधबार)

दिउँसो :  प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली तथा, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई  स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : देशका पहाडी भूभागहरुमा आंशिक बदली रही वाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

फाल्गुन ०६ गते (बिहीबार)

दिउँसो :  देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ ।  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : प्रदेश नं १ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ७ : २५ बजे

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही

इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ

जेनेभा – मध्यपूर्व युद्ध अन्त्य गर्न यस हप्ता भएको अमेरिका–इरानबीचको