ला लिगा : बिल्बाओको शानदार जित | Khabarhub Khabarhub

ला लिगा : बिल्बाओको शानदार जित


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा बिल्बाओले काडिजलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

बिल्बाओको जितमा एलेक्स बेरेनगुएरले दुई गोल गरे । युनाई लोपेज र इनाकी विलियम्सको नाममा एक एक गोल रह्यो ।

एकपक्षीय खेलमा चौथो मिनेटमा एलेक्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । १५औँ मिनेटमा लोपेजले गोल गर्दै बिल्बाओको अग्रता दोब्बर बनाए ।

२९औँ मिनेटमा एलेक्सले व्यक्तिगत दोस्रो गोल गरेपछि बिल्बाओले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

दोस्रो हाफको ५२औँ मिनेटमा विलियम्सले गोल गर्दै बिल्बाओलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै बिल्बाओले २२ खेलमा २८ अंकसहित तालिकाको १०औँ स्थानमा छ । १५औँ स्थानको काडिजको २४ अंक छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ७ : ५५ बजे

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित

काठमाडौं- नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ ।

ऊर्जाविद् डा.मुकेश काफ्लेको ठहर– ‘नेपालमा औद्योगिक लगानीको वातावरण छैन’

तेस्रो लगानी सम्मेलन सकिएको छ । विगतमा भएका दुई वटा

सशस्त्रका १६ डीआईजी र १८ एसएसपीको एकसाथ सरुवा

काठमाडौं- सशस्त्र प्रहरी बलका १६ जना डीआईजी र १८ जना

व्यापार-व्यवसाय फस्टाएमात्र श्रमअधिकार स्थापित हुन्छ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग तथा व्यापार व्यवसाय

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !

खोटाङ– तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने