ला लिगा : बिल्बाओको शानदार जित « Khabarhub

ला लिगा : बिल्बाओको शानदार जित


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा बिल्बाओले काडिजलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

बिल्बाओको जितमा एलेक्स बेरेनगुएरले दुई गोल गरे । युनाई लोपेज र इनाकी विलियम्सको नाममा एक एक गोल रह्यो ।

एकपक्षीय खेलमा चौथो मिनेटमा एलेक्सले गोल गर्दै बिल्बाओलाई अग्रता दिलाएका थिए । १५औँ मिनेटमा लोपेजले गोल गर्दै बिल्बाओको अग्रता दोब्बर बनाए ।

२९औँ मिनेटमा एलेक्सले व्यक्तिगत दोस्रो गोल गरेपछि बिल्बाओले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

दोस्रो हाफको ५२औँ मिनेटमा विलियम्सले गोल गर्दै बिल्बाओलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै बिल्बाओले २२ खेलमा २८ अंकसहित तालिकाको १०औँ स्थानमा छ । १५औँ स्थानको काडिजको २४ अंक छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ७ : ५५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका