कोरोना भ्याक्सिन लगाउँदा मन्त्री पदबाटै राजीनामा ! « Khabarhub

कोरोना भ्याक्सिन लगाउँदा मन्त्री पदबाटै राजीनामा !


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेरुकी विदेशमन्त्री एलिजाबेथ एस्टेटे कोभिड भ्याक्सिन लगाएका कारण राजीनामा दिन बाध्य हुनुपरेको छ ।

उनले आइतबार आफूले ‘देशमा सरकारी खोप अभियान सुरू हुनुभन्दा पहिले र क्लिनिकल ट्रायलभन्दा बाहिर आफूले कोभिडको खोप लगाएको’ स्वीकार गरेकी छिन् । एलिजाबेथका अनुसार उनले जनवरीमा चिनियाँ कम्पनी सिनोफार्मको भ्याक्सिन लगाएकी थिइन् ।

एक दिन पहिले राष्ट्रपति फ्रान्सिस्को सागस्तीले स्वास्थ्य मन्त्री पिलार माजेटीको राजीनामा स्वीकृत गरेका थिए । माजेटीले राजीनामा त्यतिबेला दिएका थिए जब पूर्व राष्ट्रपति मार्टिन विजकाराले समयभन्दा पहिले भ्याक्सिन लिएको विषयलाई लिएर विवाद उठेको थियो ।

मार्टिन विकाराले नोभेम्बरमा भ्रष्टाचारका आरोपका कारण पदबाट राजीनामा दिनुपरेको थियो । पछिल्लो भ्याक्सिन विवादबारे टिप्पणी गर्दै उनले आफूले कुनै लाइन नतोडेको बरु ट्रायलमा सहभागी भएर आफूले यो भ्याक्सिन लगाएको बताएका छन् । स्थानीय मिडियाले भने पूर्व उपराष्ट्रपतिको यो दावीका विषयमा प्रश्न उठाएका छन् ।

एलिजाबेथ एस्टेटेले गएको नोभेम्बरमा विदेश मन्त्रीको जिम्मेवारी लिएकी थिइन् । उनले राजीनामा दिएपछि भनेकी छिन् ‘मलाई २२ जनवरीमा खोप लगाइएको थियो । यो खोप मैले पेरुको एक विश्वविद्यालयको अफरमा लगाएकी हुँ जुन विश्वविद्यालय पेरुमा चिनियाँ कम्पनी सिनोफार्मको ट्रायलको इन्चार्ज हो । यो खोप बाँकी रहेका खोपहरुमध्येबाट लगाइएको थियो,’ उनले ट्वीटरमा लेखेकी छिन् ‘मलाई थाहा छ कि मैले निकै ठूलो गल्ती गरेकी छु त्यसैले मैले भ्याक्सिनको दोस्रो डोज लिइन । तर, यो गल्तीको लागि मैले आफ्नो राजीनामा बुझाएकी छु ।’

पेरुको सरकारले जनवरी २०२१ को सुरूवातमा सिनोफार्मसँग करिब ३ करोड ८० लाख डोज कोभिड भ्याक्सिन किन्ने घोषणा गरेको थियो । एक हप्ता पहिले पेरुले सिनोफार्मबाट ३ लाख डोज प्राप्त गरेको छ । यही हप्ताको मंगलबार पेरुमा आधिकारिक रुपमा खोप अभियान सुरू भएको छ । सरकारी तथ्यांकअनुसार पेरुमा कोभिड १९ का कारण ४४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ५९ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी