डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ « Khabarhub

डिजेल चोरी तस्करी गर्ने ट्याङ्करसहित तीन पक्राउ


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- डिजेल चोरी गरी भारततर्फ निकासी गरेको आरोपमा ट्याङ्करसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको जगरनाथपुरको श्वेता आयल ट्रेडर्सको नामबाट ना७ख १५११ नम्बरको ट्याङ्करमा लोड गरी भारततर्फ एक हजार ६० लिटर डिजेल लैजाँदै गरेको अवस्थामा सोमबार राति उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२२ का ३४ वर्षीय शम्भुप्रसाद महतो, मकवानपुर राक्सिराङ गाउँपालिका–३ का २२ वर्षीय अशोक पाख्रिन र मकवानपुरको मनहरि गाउँपालिका–३ का ३३ वर्षीय रामकृष्ण उप्रेती छन् ।

उप्रेती चालक हुन् भने पाख्रिन सहचालक तथा महतो श्वेता आयल ट्रेडर्सका लेखापाल रहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : २१ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर