अपडेट– भारतको बाणसागर नहरमा बस खस्दा ज्यान गुमाउने संख्या ४२ पुग्यो « Khabarhub

अपडेट– भारतको बाणसागर नहरमा बस खस्दा ज्यान गुमाउने संख्या ४२ पुग्यो


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको मध्यप्रदेशस्थित बाणसागर नहरमा बस खस्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । बसमा ५४ जना यात्रु सवार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सात जनाको जीवितै उद्दार गरिएको छ भने ४२ जनाको शव निकालिएको छ । नहरमा बेपत्ता भएकाको खोजी भइरहेको छ । बस चालकले पौडिएर ज्यान बचाएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु हुनेमा १२ जना विद्यार्थी पनि रहेका छन् । नहरमा पानीको तीव्र बहावका कारण मृत्यु भएकाहरुको शव घटनास्थलभन्दा टाढा टाढा भेटिएको थियो । अहिले नहरको पानी बन्द गरिएको छ ।

मंगलबार बिहान साढे सात बजे उक्त दुर्घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । २२ फिट गहिरो नहरमा बस खसेको हो ।

सिधी मार्गबाट छुहिया उपत्यका हुँदै उक्त बस सतना भन्ने स्थान जाँदै थियो । सडकमा ट्राफिक जाम भएपछि चालकले रुट परिवर्तन गरी नहरको किनारबाट बस चलाउने क्रममा दुर्घटना भएको हो । ३२ जनाको सिट क्षमता भएको उक्त बसमा ५४ जना यात्री सवार थिए ।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले मृतकका परिवारलाई पाँच लाखका दरले सहायता प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १ : ४६ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको