बलजफ्तीको निर्वाचनले देशमा शान्ति होइन, द्वन्द्व निम्त्याउँछ : प्रचण्ड « Khabarhub

बलजफ्तीको निर्वाचनले देशमा शान्ति होइन, द्वन्द्व निम्त्याउँछ : प्रचण्ड


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बलजफ्ती निर्वाचन गर्न खोजे देश अराजकतातिर जाने बताएका छन् ।

मंगलबार चितवनको भरतपुरमा प्रेस संगठन नेपालले गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरेका अवस्थामा हुने चुनाव असंवैधानिक र अलोकतन्त्रिक मानिने बताउँदै प्रचण्डले भने ‘सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना नगरेको खण्डमा हुने चुनाव असंवैधानिक, अवैधानिक र अलोकतान्त्रिक मानिनेछ, केही मानिसले नेपालमा पनि बंगलादेशकै मोडलमा चुनाव गराउन खोजिएको भनिरहेका छन्। यो अवस्थामा हुने चुनावले देशमा शान्ति होइन, अराजकता ल्याउँछ, यसले द्धन्द्धको सिर्जना हुन्छ।’

जवरजस्ती देशलाई चुनावतर्फ लगिएमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुने प्रचण्डले बताए । ‘प्रतिनिधिसभा पुनःस्थापना नभइ देश चुनावतिरगएमा मैले नेतृत्व गरेको पार्टीले के गर्ला भन्‍ने कुरा मेरो भनाइबाटै यहाँहरूले बुझिसक्नुभएको हुनुपर्छु,’ उनले भने, ‘जवरजस्ती देशलाई चुनावतर्फ लगिएमा दक्षिणपन्थी र वामपन्थी अतिवाद हाबी हुनेछ। जसले देशलाई अराजकतातर्फ लाने निश्चित छ।’

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १ : ५४ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको