सरकारको तीन वर्ष : हवाई पूर्वाधारमा फड्को | Khabarhub Khabarhub

सरकारको तीन वर्ष : हवाई पूर्वाधारमा फड्को


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनःनिर्माणको कामलाई तीव्रता दिएको हो ।

पर्यटकीय पूर्वाधारको महत्वपूर्ण पाटो विमानस्थल निर्माण, विस्तार र स्तरोन्नतिका साथै भूकम्पबाट भत्किएका सम्पदाको पुनःनिर्माणमा आशाजनक काम भएका छन् । कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार छिटै सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थको भौतिक प्रगति ९८ दशमलव आठ प्रतिशत रहेको छ ।

यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हाल ७० प्रतिशत भौतिक प्रगति रहेको छ । यदि कोभिड महामारी नभइदिएको भए यी विमानस्थल यतिखेर सञ्चालनमा हुन्थे । पर्यटनमन्त्री भानुभक्त ढकालले निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः पोखरा र भैरहवाको निर्माणलाई तीव्रता दिई छिट्टै सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको बताए ।

पर्यटनमन्त्री ढकालले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको प्राविधिक काम पनि छिटै सक्ने योजनाका साथ काम अघि बढेको जानकारी दिए । “कोभिड–१९ का कारण प्राविधिक जनशक्ति अभावले केही काम बाँकी छ, त्यो समस्या पनि छिट्टै समाधान हुने गरी काम अघि बढाएका छौँ”, पर्यटन मन्त्रीले भने ।

मन्त्री ढकालका अनुसार भएका विमानस्थलको व्यवस्थित र स्तरोन्नति गरिने छ । क्षेत्रीय विमानस्थलको विकास र स्तरोन्नतिका साथै अन्य विमानस्थलको स्तरोन्नति गर्ने कार्य शीघ्र अघि बढाइने छ । उनले अन्तर प्रदेश हवाई उडानका साथै अन्य बाह्य मुलुकसँगको हवाई सम्पर्क सञ्जाल विस्तारका लागि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिए ।

पर्यटन मन्त्रीले पछिल्लोपटक इजरायलसँग सिधा हवाई उडान सञ्चालनबारे नेपालका लागि इजरायली राजदूतसँग छलफल गरेका थिए । हाल नेपालले विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौतामा हस्ताक्षर गरिसकेको छ । असहज परिस्थितिमा पनि हवाई पूर्वाधारले फड्को मारेको छ ।

क्यानका महानिर्देशक राजन पोखरेलले कोभिड महामारीले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामा केही असर परे पनि अहिले निर्माण कार्य पूर्ववत् अवस्थामा फर्किसकेको र पूर्वाधारका निर्माणको कामले गति लिएको बताए । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा आन्तरिक विमानस्थलको व्यवस्थापन र सुदृढीकरणका लागि क्यानले योजनाबद्ध कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।

चीनको हुवई प्रान्तको वुहानलगायत शहरमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी रुपमा फैलियो । यसले विश्व अर्थतन्त्रलाई शिथिल तुल्यायो । विश्व पर्यटन क्षेत्रमा नकारात्मक असर पुग्यो भने नेपालको अर्थतन्त्रले पनि कोभिडको मार खेप्नुपर्‍यो ।

महामारीले झण्डै १० महिना मुलुकको विकास तथा आर्थिक क्रियाकलापमा नराम्ररी असर पर्‍यो । कोभिडबाट अर्थतन्त्रका अन्य क्षेत्र जस्तै सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्कने अवस्थामा छ । पर्यटनको महत्वपूर्ण पाटो आन्तरिक हवाई उडान पूर्ववत् अवस्थामा फर्किसकेको छ भने बढी मारमा परेको होटल क्षेत्रमा केही सकारात्मक सञ्चार छाएको छ । विदेशी पर्यटकको आवागमन विस्तारै बढ्दैछ ।

पर्यटनका अन्य व्यवसाय पनि शुरू भइसकेका छन् । पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटको भिडभाड हुनथालेको छ । कोभिड महामारीकैबीच गत असोज ५ गतेदेखि मुलुकको आन्तरिक उडान शुरू भएको थियो । त्यस्तै गत भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खुलेको भए पनि उडान सङ्ख्या बढ्न सकेको छैन ।

कात्तिक महिनादेखि पर्वतारोहण र पदयात्रा खुलेको छ । मङ्सिरबाट पर्यटनका अन्य गतिविधि पनि पुनः सञ्चालन भइसकेका छन् । तुलनात्मक लाभका दृष्टिकोणले मुलुकको अर्थतन्त्रलाई टेवा दिन पर्यटन क्षेत्रको समग्र विकास, परिवर्तित र आधुनिक परिवेश सुहाउँदो सेवा स्तरीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारी रूपमा अघि बढाइएको छ ।रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ३ : ३० बजे

ज्ञानेन्द्र शाहबारे प्रधानमन्त्री- राष्ट्रपति हुँदाहुँदै नारायणहिटीको कुर्सीमा राख्दैमा कोही राजा हुँदैन

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको

अर्थसंक्षेप : कुलमानले फेरि बुझाए सफाइ, नेप्सेमा गयो पहिरो र तीन करोडमुनिका योजनामा अर्थमन्त्रीको अंकुश

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई आज

नेपालद्वारा युगाण्डा एक विकेटले पराजित   

काठमाडौं– युगाण्डामा जारी चार देशीय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले

धरपकडपछि पोखरा महानगरको गेटमा कोटिहोम पक्षधरको धर्ना, प्रजिअले डाके बैठक

पोखरा– अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी गण्डकी कोटिहोम पक्षधरले आइतबार

‘बी’ डिभिजन लिग : च्यासल युथ र वीरगञ्ज युनाइटेडले अंक बाँडे

काठमाडौं– शहीद स्मारक ‘बी’ डिभिजिन लिगमा च्यासल युथ क्लव र