राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण (फोटोफिचर) | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण (फोटोफिचर)


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी छिन् ।

मंगलबार बिहानको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् ।

नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिको सम्मानमा सम्मानगारत अर्पण गर्नुका साथै मङ्गलधुन प्रस्तुत गरेको थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्नीप्रसाद सापकोटाले पनि बसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गरे ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  २ : ३५ बजे

चितवनमा बाघ र गैँडा मृत फेला

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश

आयोगले सुरु गर्‍यो जसपाका जनप्रतिनिधिको सनाखत

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा

सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै

काठमाडौं- गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण

काठमाडौं– सुनिता विलियम्सको अन्तरिक्षमा तेस्रो मिसन प्रक्षेपण हुनु केही घण्टा