नेपालमा निशानको नयाँ एसयुभी ‘निशान म्यागनाइट’ सार्वजनिक गरिँदै « Khabarhub

नेपालमा निशानको नयाँ एसयुभी ‘निशान म्यागनाइट’ सार्वजनिक गरिँदै


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पायोनियर मोटो कर्पले यही फागुन १० गते निशानको नयाँ एसयुभी निशान म्यागनाइट सार्वजनिक गर्ने भएको छ ।

नेपालमा निशान गाडीका अधिकारिक वितरकले सो दिन गाडीसँगै मूल्य पनि सार्वजनिक गर्दै छ ।

नयाँ म्यागनाइट देशभरका शो–रुममा उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । गाडीमा कार पारखीले ‘जापानमा इन्जिनियरिङ गरिएको, भारतको प्रेरणा पाएको’ एसयुभीको अनुभूति लिन पाउने बताइएको छ ।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाका अनुसार नयाँ निशान म्यागनाइटको लन्च निशान गाडीको नेपाल बजार र मूल्यवान् ग्राहकप्रति प्रतिबद्धताको प्रतीक हो । बिग, बोल्ड, आकर्षक र कयारेज्माटिक एसयुभी विशेष आकर्षक मूल्यमा आउने र धेरै लामो समयदेखि प्रतीक्षारत ग्राहकका लागि थुप्रै अफर दिइने छ ।

निशानको ‘विश्वका लागि भारतमा बनेको’ अभियान विश्वभरि फैलाउने क्रममा पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको छ । निशान म्यागनाइट भारतपछि नेपालमै लन्च गरिएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ४ : ३४ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग