ग्लोबल आइएमई बैंकको नयाँ शाखा मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा « Khabarhub

ग्लोबल आइएमई बैंकको नयाँ शाखा मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्लोबल आइएमई बैंकले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–४, मनाङ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७७ जिल्लामा २७० शाखा, २४२ एटीएम, २४५ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

बैंकले २२ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १२ : ४३ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर