प्रदीपलाई लिड रोलमा लिएर ‘प्रकाश’ को औपचारिक घोषणा « Khabarhub

प्रदीपलाई लिड रोलमा लिएर ‘प्रकाश’ को औपचारिक घोषणा


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षक बन्ने सपना देखेका एक युवकको कथामा आधारित रहेर फिल्म ‘प्रकाश’ निर्माण हुने भएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरियो । बिनिस इन्टरटेनमेन्टको व्यानरमा दिनेश राउतले निर्देशन गर्ने फिल्ममा अभिनेता प्रदीप खड्काले शीर्ष भूमिका निभाउने निर्माण टिमले जानकारी दिएको छ ।

निर्देशक राउतले ग्रामीण एक युवाले शिक्षक बन्न गरेको संघर्षलाई फिल्ममा देखाइने बताए । ‘सरकारी विद्यालयको शिक्षक बन्न एक युवकले के के कुराको सामना गर्नुपर्छ भन्ने कुरा प्रकाशमा दर्शकले हेर्न पाउनेछन्’, पत्रकार सम्मेलनमा निर्देशक राउतले भने ।

प्रेमकथाका फिल्म बनाइरहेका दिनेशले यसअघि एक कमेडियनको संघर्षको कथा बोकेको फिल्म ‘सेल्फी किङ’ निर्देशन गरेका थिए ।

अभिनेता प्रदीपले फिल्मको कथाको माग अनुसार आफूले ज्यान घटाएको खुलाए । ‘फिल्मकै लागि मैले झन्डै सात किलो तौल घटाएको छु’, उनले भने ।

फिल्ममा प्रदीपसँगै दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, अम्जद परवेज, रामबाबु रेग्मी, देवकुमार श्रेष्ठ, निरज पन्थी, हुम बिसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, पवित्रा खड्का, लोकेन्द्र लेखक र दीपेन्द्र शाहीको अभिनय रहनेछ । यसै फिल्ममार्फत रेनु योगीले नायिकाको रुपमा ‘डेब्यू’ गर्दैछिन् ।

महेन्द्र अधिकारीको लगानी रहने फिल्ममा राजेश श्रेष्ठको छायांकन, अनुप बरालको कास्टिङ निर्देशन र विकास सुवेदीको लेखन रहेको छ ।

फिल्ममा ताराप्रकाश लिम्बु, एलिस कार्की र दीपक शर्माको संगीत, जीवन थापाको सम्पादन रहनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ५ : ५५ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार