भारत बस दुर्घटना अपडेट : मृतकको संख्या ४२ पुग्यो, उद्धार जारी « Khabarhub

भारत बस दुर्घटना अपडेट : मृतकको संख्या ४२ पुग्यो, उद्धार जारी


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको मध्य प्रदेशमा आज बिहान बस नहरमा खस्दा मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

मध्य प्रदेशको सिधी जिल्लाको रामपुरस्थित ३० फिट गहिरो शर्दा नहरमा बस खसेको हो । हालसम्म नहरबाट ४२ जनाको शव निकालिएको बीबीसी हिन्दीले जनाएको छ ।

बसका यात्रुमध्ये ७ जनाको उद्धार गरिएको छ । स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

गोताखोर मद्दतले बेपत्ताहरुको खोजी कार्य जारी राखिएको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु भएकाको परिवारलाई जनही दुई लाख भारु राहत दिने घोषणा गरेका छन् ।

उनले घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरुमा श्रद्धाञ्जली र शोकाकूल परिवारमा समवेदना प्रकट गरेका छन ।

जिल्ला प्रशासनले क्रेनको मद्दतले नहरमा डुबेको बस बाहिर निकालिएको जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ५ : ४३ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको