एचआईभी संक्रमितको उच्च शिक्षाका लागि सरकारले उचित व्यवस्था गर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

एचआईभी संक्रमितको उच्च शिक्षाका लागि सरकारले उचित व्यवस्था गर्छ : मन्त्री श्रेष्ठ


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले एच.आई.भी संक्रमित विद्यार्थीहरुको उच्च शिक्षाका लागि सरकारले उचित व्यवस्था गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंको कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजामा सहभागी भएका मन्त्री श्रेष्ठले एचआईभी संक्रमित बालबालिकाको शिक्षाको सुनिश्चितता सरकारको जिम्मेवारी रहेको बताए ।

‘एचआईभी संक्रमितहरुलाई शिक्षा क्षेत्रबाट बञ्चित हुन नदिन राज्यको नीति तथा कार्यक्रममै निश्चित बजेटको व्यवस्था हुनेछ’, उनले भने, ‘विद्यालयले पनि कसैलाई उपेक्षा नगरी सबै बालबालिकालाई समान व्यवहार गर्नुपर्छ ।’

चेतनाको कमीले एचआईभी संक्रमितहरुले अपहेलित र उपेक्षित जीवन बिताउनुपर्ने अवस्था रहेको जनाउँदै मन्त्री श्रेष्ठले समाजका सबै नागरिकले उनीहरुको कदर र सम्मान गर्नुपर्ने धारणा राखे ।

संक्रमित भनेर कुनै पनि बालबालिकालाई पढ्नबाट बञ्चित गर्न नहुने मन्त्री श्रेष्ठको भनाइ छ ।

सफलता एचआईभी शिक्षा सदनमा देशभरका २७ जना एच.आई.भी संक्रमित बालबालिकाले पढ्दै आएका छन् ।

त्यस्तै शिक्षामन्त्री श्रेष्ठले कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र जेष्ठमा मात्र सकिने बताए ।

कोभिड–१९ ले शैक्षिक सत्रलाई अस्तव्यस्त बनाएका कारण यस शैक्षिक सत्रलाई दुई महीना लम्ब्याएर १४ महीनाको बनाइएको जानकरी दिए ।

राष्ट्रियस्तरमा हुने भनिएको यस वर्षको एसइई परीक्षा पनि जेठ महीनामा हुने उनले बताए ।

उनले भने, ‘जेठ महीनाभित्र विद्यालयतहका सबै परीक्षा सकेर असारबाट नयाँ शैक्षिक सत्र सुरु गर्छौँ ।’

यस वर्षको शैक्षिक सत्र दुई महिना लम्बिएका कारण अर्को वर्ष भने १० महिनामै शैक्षिक सत्र सक्ने गरी व्यवस्थापन गरिएको समेत मन्त्री श्रेष्ठले जनाकारी दिए ।

त्यस्तै शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषदमका पठाइएको र छिट्टै टुंगो लाग्ने समेत मन्त्री श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ६ : २३ बजे

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले