ओली समूहको आक्रमणबाट काँग्रेस नेता साउद घाइते « Khabarhub

ओली समूहको आक्रमणबाट काँग्रेस नेता साउद घाइते


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैतडीमा नेपाली काँग्रेसका नेता एनपी साउद सहभागी कार्यक्रममा नेकपाको केपी ओली समूहले हस्तक्षेप गरेको छ ।

डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा नेकपा ओली समूहका युवाहरुले आक्रमण हुन। आक्रमणमा परी काँग्रेस पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य एनपी साउदसहितका नेता कार्यकर्ता घाइते भएका छन् ।

ओली समूहको आक्रमणबाट साउदको पेट र खुट्टामा चोट लागेको जनाइएको छ । आमसभा सभा चलिरहेका बेला ओली समूहका युवाहरु आएर एक्कासी आक्रमण गरेको साउदका सहगोगी दिपक जोशीले जानकारी दिए ।

जोशीका अनुसार उनीहरुको ढुंगा लागेर कांग्रेसका स्थानीय कार्यकर्ता जयराज जोशी, सुरेशसिंह विष्टलगायतका घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद ढुंगा प्रहारबाट घाइते भएका छन् । उनीमाथि बैतडीको डिलासैनी गाउँपालिका ३ पनसेरामा आज दिउँसो सभा भइरहँदा ढुंगा प्रहार भएको हो । ढुंगा प्रहारबाट उनको खुट्टामा चोट लागेको छ । घटनामा दुईजना काँग्रेस कार्यकर्ता घाइते भएका छन् ।

ओली समूहका कार्यकर्ता मुकेश पालको नेतृत्वमा पुगेको समूहले ढुंगा प्रहार गरेको काँग्रेसले आरोप लगाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ७ : ३२ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी