डिलासैनी घटना : ‘सत्ता उन्माद प्रस्तुत नगर्न’ नेकपालाई कांग्रेसको चेतावनी « Khabarhub

डिलासैनी घटना : ‘सत्ता उन्माद प्रस्तुत नगर्न’ नेकपालाई कांग्रेसको चेतावनी


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाले नियोजित रूपमा आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिएका छन्।

कांग्रेसले सो कार्यक्रमा ओली समूहका युवाहरुले प्रहार गरेको ढुंगामुढा लागेर पार्टीका केही कार्यकर्ता घाइते भएको जानकारी दिएको छ ।

‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेताहरु सहभागी भएका थिए ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ७ : ४४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा