डिलासैनी घटना : ‘सत्ता उन्माद प्रस्तुत नगर्न’ नेकपालाई कांग्रेसको चेतावनी « Khabarhub

डिलासैनी घटना : ‘सत्ता उन्माद प्रस्तुत नगर्न’ नेकपालाई कांग्रेसको चेतावनी


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाले नियोजित रूपमा आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिएका छन्।

कांग्रेसले सो कार्यक्रमा ओली समूहका युवाहरुले प्रहार गरेको ढुंगामुढा लागेर पार्टीका केही कार्यकर्ता घाइते भएको जानकारी दिएको छ ।

‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।’

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेताहरु सहभागी भएका थिए ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ७ : ४४ बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले