सिरहामा भएको बम विस्फोटका एक आरोपित पक्राउ « Khabarhub

सिरहामा भएको बम विस्फोटका एक आरोपित पक्राउ


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमबार प्रहरीले लहान नगरपालिकाका ३८ वर्षका बलराम मण्डललाई सुखीपुर नगरपालिकाबाट पक्राउ गरेको हो ।

आइतबार मालपोत कार्यालयमा बस विस्फोट हुँदा कर्मचारी र सेवाग्राहीसहित ६ जना घाइते भएका थिए ।

गम्भीर घाइते भएका दिनेश भण्डारीलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मालपोत कार्यालयका नायब सुब्बा शिव कुमार यादवलाई भने एम्बुलेन्स मार्फत उपचारका लागि विराटनगर लगिएको छ । विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : ०२ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग