सुन्दै अच्चम्म ! ७ सय वर्षदेखि चराको जस्तै गुडमा बस्छन् कन्दोवन गाँउका मानिस « Khabarhub

सुन्दै अच्चम्म ! ७ सय वर्षदेखि चराको जस्तै गुडमा बस्छन् कन्दोवन गाँउका मानिस


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक मानिसमा आफ्नो घर आलिशान वा भव्य महल होस् भन्ने चाहाना हुन्छ । सबैले आफ्नो घरमा हरेक सुख सुविधा होस् भन्ने चाहान्छन् । तर यो विश्वमा एउटा यस्तो गाँउ छ जहाँका मानिस भव्य घरमा होइन गुडमा बस्दै आएका छन् ।

इरानको एउटा गाँउका मानिस गुडमा बस्दै आएको छ । उनीहरुको घर, घर जस्तो होइन चराको गुड जस्तो देखिन्छ । र त्यो पनि २/४ बर्ष वा एक दशकअघिबाट होइन विगत ७ सय बर्षदेखि उनीहरु चराको गुड जस्तो घरमा बस्दै आएका छन् ।

इरानको कन्दोवन गाँउका मानिसको घर चराले झै गुड जस्तो घर बनाएर बस्ने गर्दछन् । उनिहरुको घर मात्र होइन, परम्परा रहनसहन पनि अद्भुत छ । खासमा बर्षौ पहिले यहाँ मंगोलको आतंक थियो ।

मंगोलको हमलाबाट बच्न उनीहरुका पूर्वजले लुक्न ज्वालामुखी चट्टानलाई खनेर यस्ता घर बनाए । पछि यहि घर उनीहरुको स्थानी घर भयो । यसैको निरन्तरता स्वरुप यो गाँउका घर विश्वभर चर्चित बने ।

बाहिरबाट देख्दा अनौठो भएपनि यहाँका घर निकै आरामदायी छन् । रोचक त के छ भने यँहाका हरेक घर वातावरणको अनुकूल छ । जसका कारण चिसो मौसममा तातो र गर्मी मौसममा चिसो हुन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ३ : ५८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह