आमिरले छोडे सामाजिक सञ्जाल « Khabarhub

आमिरले छोडे सामाजिक सञ्जाल


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडमा आफ्नो समर्पण र काम प्रति लगाव राख्ने अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग नगर्ने घोषणा गरेका छन् ।

उनले यो घोषणा गत सोमबार गरेका हुन् । उनले फेसबुक, ट्विटर र इन्स्टाग्रामबाट बिदा लिएको घोषणा गरेका हुन् । उनले आफ्नो कम्पनीको ट्विटर हेण्डलका माध्यमबाटबाट मात्र सम्पर्कमा रहने उल्लेख गरेका छन् ।

आमिरले गत मार्च १४ मा आफ्नो ५६ औं जन्मदिन मनाए । १४ मार्चमा आमिरले ट्विटरमा शुभकामना दिने कैयौंलाई उत्तर फर्काए ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार यसमा सचिन तेन्दुलकर, एली एव्राम, गीतो फोगाट, गुलशन ग्रोवर, दलेर मेहन्दी, सोनाली कुलकर्णी, युवराज सिंह, दिव्या दत्तालगायतका सेलिब्रेटी छन् । उनीहरुलाई उत्तर फर्काएपछि आमिरले सामाजिक सञ्जालबाट विदा लिने घोषणा गरेका हुन् ।

‘साथीहरु, मेरो जन्मदिनमा यति धेरै माया र आफ्नोपन देखाएकोमा धेरै धन्यवाद । यो शुभेच्छाले मेरो हृदय भरिएको छ । अर्को कुरा गर्दा यो सामाजिक सञ्जालमा मेरो अन्तिम पोस्ट हो’, आमिरले लेखेका छन् ।

आमिरले आमिर खान प्रोडक्सनमार्फत आफूसँग सम्बन्धित विषयबस्तुबारे जानकारी दिने उल्लेख गरेका छन् ।

यो सूचना जारी गरेपछि उनले आफ्ना तीन सामाजिक सञ्जालका खाता बन्द गरेका छन् । ट्विटरमा आमिर खान भनेर खोज्दा ‘यो एकाउण्ट उपलब्ध छैन’ भन्ने सन्देश आउछ ।

सामाजिक सञ्जालमा आमिरको फलोअर्स ४ करोड बढी छ । जसमा ट्विटरमा फलोअर संख्या २ करोड ६७ लाख ७६ हजार २ सय ९९ छन् । इन्स्टाग्राममा ३६ लाख बढी फलोअर छन् । फेसबुकमा आमिरको १८ मिलियन फलोअर्स छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : १५ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका