आमिरले छोडे सामाजिक सञ्जाल « Khabarhub

आमिरले छोडे सामाजिक सञ्जाल


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउडमा आफ्नो समर्पण र काम प्रति लगाव राख्ने अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग नगर्ने घोषणा गरेका छन् ।

उनले यो घोषणा गत सोमबार गरेका हुन् । उनले फेसबुक, ट्विटर र इन्स्टाग्रामबाट बिदा लिएको घोषणा गरेका हुन् । उनले आफ्नो कम्पनीको ट्विटर हेण्डलका माध्यमबाटबाट मात्र सम्पर्कमा रहने उल्लेख गरेका छन् ।

आमिरले गत मार्च १४ मा आफ्नो ५६ औं जन्मदिन मनाए । १४ मार्चमा आमिरले ट्विटरमा शुभकामना दिने कैयौंलाई उत्तर फर्काए ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार यसमा सचिन तेन्दुलकर, एली एव्राम, गीतो फोगाट, गुलशन ग्रोवर, दलेर मेहन्दी, सोनाली कुलकर्णी, युवराज सिंह, दिव्या दत्तालगायतका सेलिब्रेटी छन् । उनीहरुलाई उत्तर फर्काएपछि आमिरले सामाजिक सञ्जालबाट विदा लिने घोषणा गरेका हुन् ।

‘साथीहरु, मेरो जन्मदिनमा यति धेरै माया र आफ्नोपन देखाएकोमा धेरै धन्यवाद । यो शुभेच्छाले मेरो हृदय भरिएको छ । अर्को कुरा गर्दा यो सामाजिक सञ्जालमा मेरो अन्तिम पोस्ट हो’, आमिरले लेखेका छन् ।

आमिरले आमिर खान प्रोडक्सनमार्फत आफूसँग सम्बन्धित विषयबस्तुबारे जानकारी दिने उल्लेख गरेका छन् ।

यो सूचना जारी गरेपछि उनले आफ्ना तीन सामाजिक सञ्जालका खाता बन्द गरेका छन् । ट्विटरमा आमिर खान भनेर खोज्दा ‘यो एकाउण्ट उपलब्ध छैन’ भन्ने सन्देश आउछ ।

सामाजिक सञ्जालमा आमिरको फलोअर्स ४ करोड बढी छ । जसमा ट्विटरमा फलोअर संख्या २ करोड ६७ लाख ७६ हजार २ सय ९९ छन् । इन्स्टाग्राममा ३६ लाख बढी फलोअर छन् । फेसबुकमा आमिरको १८ मिलियन फलोअर्स छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : १५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर