कारबाहीका निम्ति लामबद्ध छौं : एमाले नेपाल-खनाल समूह (भिडियोसहित) « Khabarhub

कारबाहीका निम्ति लामबद्ध छौं : एमाले नेपाल-खनाल समूह (भिडियोसहित)


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको नेपाल–खनाल समूहले जस्तोसुके कारबाही भोग्न आफूहरू कारबाही भोग्न तयार रहेको जनाएको छ । कार्यकर्ता भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समूहका नेता योगेश भट्टराईले आफूहरू कारबाहीका निम्ति तयार रहेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा नेता भट्टराईले भने, ‘प्रधानमन्त्रीलाई यति मात्रै भन्न चाहन्छु । यो बुद्धको देश हो । शान्तिको देश हो । बालुवाटारमा बोलेको भाषा शक्तिको भाषा छ । त्यो बदल्न अनुरोध गर्दछु । कारबाहीले मुलुक अगाडि बढ्दैन । पार्टी अगाडि बढ्दैन । यो अहंकारपूर्ण अभिव्यक्ति हो । हामी एकपछि अर्को कारबाहीको निम्ति तयार छौं । लामबद्ध छौं । त्यसमा हामीलाई कुनै पश्चाताप हुनेछैन । हिनताबोध छैन । तपाईले गर्ने प्रत्येक कारबाहीका निम्ति लामबद्ध छौं । ’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि इतिहासले कठोर कारबाही गर्ने बताए । उनले भने, ‘इतिहासले तपाईलाई कठोर कारबाही गर्नेछ । त्यो बेला तपाईंसँग रुने दुई जना पनि हुनेछैनन् ।’

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भोलिको भेलामा नजान नेता कार्यकर्तालाई सचेत गराएको प्रति पनि समूहले चुनौती दिएको छ । उनले भने, ‘उहाँको तर्कमा कोको नजर लाउन आउनुहुन्छ परिचयसहित आए हुन्छ । यो भेला तपाईंकै हो तपाई आफै आउनुस् । आथित्यता ग्रहण गर्नुस् । तपाईंकै भेलामा आउने तपाईंकै कार्यकर्ता हुन् ।’

हेरौँ भिडियोसहित

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  २ : ५३ बजे

इरानमाथिको आक्रमण रोक्दै ट्रम्पले भने- ‘ऐतिहासिक सम्झौताको नजिक छौँ’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा

काठमाडौं– नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ)

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा मेक्सिकोको विजयी सुरुआत : पहिलो खेलमै तीन रातो कार्ड

मेक्सिको सिटी – विश्वकप फुटबलको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ