कर्णालीमा बेपत्ता भएको दश दिनपछि भेटियो रजनीको शव « Khabarhub

कर्णालीमा बेपत्ता भएको दश दिनपछि भेटियो रजनीको शव


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दैलेख– कर्णाली नदीमा बेपत्ता भएकी दैलेखको आठबीस नगरपालिका–३ निमाएलकी एक बालिकाको शव दश दिनपछि फेला परेको छ ।

स्थानीय मानसिंह बडुवालकी श्रीमती सुखी बडुवालले आफ्ना नाबालक चार सन्तानसहित गत फागुन २३ गते कर्णाली नदीमा फामफालेर आत्महत्या गरेकी थिइन् ।

एकै परिवारका पाँच जनामध्ये बेपत्ता कान्छी छोरी पाँच वर्षीया रजनी बडुवालको शव मंगलबार दिउँसो अछामको तुर्माखाँद गाउँपालिका–३ असरामा भेटिएको हो । नदी किनारामा शव फेला परेको दैलेखका प्रमुख जिल्ला अधिकारी हरी बहादुर प्याकुरेलले जानकारी दिए ।

कर्णालीमा हामफालेका आमा सुखीसहित तीन सन्तानको शव यसअघि नै भेटिएको थियो ।

सुखीले ८ वर्षीया छोरा ललित, १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरीता र ५ वर्षीया छोरी रजनीसहित नदीमा हामफालेकी थिइन् ।

चरम घरेलु हिंसाका कारण उक्त घटना भएको विश्लेषण गरिए पनि अनुसन्धानबाट श्रीमानले त्यति धेरै पीडा नदिएको खुलेको प्रहरीको भनाइ छ । दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले पैसाको विवाद भएको बुझिएको बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ४ : ०८ बजे

इरानमाथिको आक्रमण रोक्दै ट्रम्पले भने- ‘ऐतिहासिक सम्झौताको नजिक छौँ’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा

काठमाडौं– नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ)

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा मेक्सिकोको विजयी सुरुआत : पहिलो खेलमै तीन रातो कार्ड

मेक्सिको सिटी – विश्वकप फुटबलको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ