बर्दियामा पुनः बाघको आक्रमण, एक महिला बेपत्ता « Khabarhub

बर्दियामा पुनः बाघको आक्रमण, एक महिला बेपत्ता


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया– बर्दियामा बाघले फेरि एक महिला बेपत्ता पारेको छ । ठाकुरबाबा नगरपालिका–७ की ५५ वर्षीया डल्ली रावतलाई बाघले आक्रमण गरी वेपत्ता पारेको हो ।

मंगलबार दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जमा​ निउरो टिप्न गएका बेला पाटेबाघले रावतलाई आक्रमण गरेको थियो । उनीसँगै निउरो टिप्न गएका अन्य तीन महिला भने सकुशल छन् । बाघको आक्रमणबाट वेपत्ता भएकी रावतको खोजी भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए।

यसअघि फागुन २६ गते मात्रै जंगलमा घाँस काट्न गएकी एक महिलालाई पाटेबाघले आक्रमण गरी ज्यान लिएको थियो । फागुन १७ गते पनि सामुदायिक वनमा भैँसी चराउन गएका गेरुवा गाउँपालिकाका एक जनालाई बाघले आक्रमण गरी ज्यान लिएको थियो।

बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा बाघको आक्रमणबाट यो वर्ष मात्रै ९ जनाको ज्यान गइसकेको छ। पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन्।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ७ : ०१ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर