सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ जना घाइते « Khabarhub

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ जना घाइते


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– सिन्धुलीको सदरमुकामबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी गइरहेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको दुर्घटनामा ७ जना घाइते भएका छन् ।

बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको प्रहरी जनाएको छ ।

मृत्यु हुनेहरुमा कमलामाई – ७ का ६५ वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीया रिता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षका छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रजिअ न्यौपानेले बताए । घाइतेमध्ये एक जना चालक रहेको पनि उनले बताए ।

उनीहरुको सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकाहरुलाई काठमाडौँ पठाउन लागिएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : २६ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,