पार्टी एकता अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाइन्छ : नेता गौतम (भिडियोसहित) « Khabarhub

पार्टी एकता अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाइन्छ : नेता गौतम (भिडियोसहित)


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले कम्युनिष्ट आन्दोलन विभाजित भएर छिन्नभिन्न हुन गइरहेको अवस्थामा एकता अभियानलाई थप सशक्त र प्रभावकारीरुपमा अगाडि बढाइने बताएका छन् ।

अभियानको कार्यसम्पादन समितिको दोस्रो बैठकको आज शुभारम्भ गर्दै संयोजक गौतमले भर्खरै पुनःस्थापित नेकपा (एमाले) मा खुशी साथ एकताबद्ध हुने अवस्था नरहेकाले एकता अभियान अरू बढी सक्रिय हुनुपर्नेमा जोड
दिए ।

सर्वोच्च अदालतको निर्णयका आधारमा अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विसं २०७५ जेठ ३ गते पूर्वको अवस्थामा पुनःस्थापित भएका छन् ।

प्रतिनिधिसभाको विघटनपछि विभाजन उन्मुख भएका दुवै समूहमा नलागी पार्टीमा पुनः एकता गराउने उद्देश्य राखेर एकता राष्ट्रिय अभियान निर्माण गरिएको उनको भनाइ थियो ।

हेरौँ भिडियो

संयोजक गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन गर्नुभएको तथा तथा तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई हटाउन अविश्वास प्रस्ताव ल्याउन हतार गरेका कारण पार्टी एकतामा समस्या उत्पन्न भई मुलुकमा अस्थिरता शुरु भएकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, “पार्टीका अध्यक्ष रहेका प्रधानमन्त्रीका विरुद्ध पार्टी विधानलाई बेवास्ता गर्दै अविश्वास प्रस्ताव राख्ने काम पनि गलत र हानिकारक थियो । अब त्यसलाई मित्रतापूर्णरुपमा आपसी समझदारी विकास गरेर पार्टीभित्र छलफल गरी समाधान गर्नुपर्छ । सकारात्मक प्रयत्न गर्ने हो भने समाधान गर्न सकिने अवस्था पनि विकसित हुनसक्छ । यस सम्बन्धमा अविश्वास प्रस्ताव प्रस्तुत गर्न सहमत पक्षलाई पार्टीसमक्ष आत्मालोचना गर्न एकता राष्ट्रिय अभियान अनुरोध गर्दछ ।”

सो बैठकमा अभियानका गतिविधि, पार्टी एकता, वामपन्थी सरकार पुनर्निर्माण लगायतका विषयबारे छलफल गरिने जनाइएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ८ : ४६ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६