ओली समूहले भन्यो : एमालेको कुनै भेला छैन, ‘गुटगत भेला’मा सहभागी नहुनू « Khabarhub

ओली समूहले भन्यो : एमालेको कुनै भेला छैन, ‘गुटगत भेला’मा सहभागी नहुनू


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले भोलि र पर्सी गर्न लागेको राष्ट्रिय भेलाप्रति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आपत्ति जनाएको छ ।

महासचिव पोखरेलले नेकपा एमालेको नाममा भेला आयोजना गर्न लागेको भनेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन् ।

उनले एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई लक्षित गर्दै अनाधिकृत गुट भेला नगर्न, नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाए पनि नजान नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाका नाममा भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटको भेलामा सहभागी नहुन नेकपा एमाले सवै नेता कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ’, पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पस्ट गरिन्छ ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ९ : १६ बजे

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६