पत्रकार महासंघको चुनावमा ५ संगठनबीचको सहकार्यमा चौतारीका बस्नेतले जनाए असन्तुष्टि « Khabarhub

पत्रकार महासंघको चुनावमा ५ संगठनबीचको सहकार्यमा चौतारीका बस्नेतले जनाए असन्तुष्टि


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आसन्न नेपाल पत्रकार महासंघको चुनावका लागि ५ संगठनहरुबीच सहकार्य हुने भएको छ ।

मंगलबार पाँच संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महासंघको चुनावमा आफूहरुको सम्मानजनक र न्यायोचित प्रतिनिधित्वका लागि प्रतिवद्ध भएको जनाएका हुन् ।

प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ नेपाल, क्रान्तिकारी पत्रकार महासंघ र जनपत्रकार संगठन नेपालले सहकार्य गर्ने जनाएका हुन् ।

उनीहरुले नेपाल पत्रकार महासंघको सबै तहका संरचनाहरुमा विचारगत तथा विभिन्न जाति, भाषा, क्षेत्र र लैङ्गिकरुपमा अधिकतम साझा र समावेशी हुनेगरी सबै क्रियाशील संघ/संगठनहरुको प्रतिनिधित्वको सुनिश्चितताका लागि पहल गर्दै अन्य संगठनहरुलाई पनि यो अभियानमा आउन आव्हान गरेका छन् ।

यसैबीच प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सहकार्यप्रत असन्तुष्टि जनाएका छन् ।

उनले प्रेस चौतारीको नामबाट सहमतिमा हस्ताक्षरको अधिकार कुनै पदाधिकारीला नदिएको र हस्ताक्षर गर्ने आफ्नो संगठनको नभएको जनाएका छन् ।

‘प्रेस चौतारी नेपालका प्रिय मित्रहरू, प्रेस चौतारीको नाममा हस्ताक्षर गर्ने अधिकार मैले कुनै पदाधिकारीलाई दिएको छैन, उनले फेसबुकमा लेखेका छन्, ‘जस्ले गर्छन, तिनीहरू यो संगठनका होइनन् ।’

प्रेस चौतारीको तर्फबाट महासचिव राजेश राईले संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

यस्तो छ विज्ञप्ति 

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ११ : ३४ बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग