मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिने | Khabarhub Khabarhub

मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिने


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिने भएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपछि प्रदेश सभा बैठकमा बोल्दै नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाहीले विश्वासको मत दिने बताएका हुन् ।

‘राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,’ शाहीले भने, ‘हामीले मत दिँदा पनि मुख्यमन्त्रीलाई बहुमत त पुग्दैन नै ।’

राप्रपाले भने कसको पक्षमा उभिने भन्ने निर्णय गरिसकेको छैन । कर्णाली प्रदेश सभामा राप्रपाका एक जना मात्र सांसद् छन् ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका ६ जना सांसद् छन् । एमालेका १९ जना (सभामुख बाहेक) सांसद् छन् । मुख्यमन्त्री शाही आवद्ध दल माओवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् ।

कांग्रेससँगै राप्रपाले समेत साथ दिँदा पनि कर्णालीमा ठूलो दलका हिसाबले एमालेले नै सरकार गठन गर्न सक्छ । मुख्यमन्त्री शाहीले आफू नेतृत्वको सरकार टिकाईराख्न आफ्नो पक्षमा २० मत ल्याउनुपर्ने हुन्छ ।

प्रदेशसभा बैठकमा बोल्दै नेता शाहीले एमालेसँग मिलेर सरकार बनाउने पक्षमा कांग्रेस नरहेको बताए ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : १० बजे

बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

ढोरपाटन– बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने

कविता : आमा

मेरो दूधको पहिलो थोपा तिमी मेरो बोलाइको पहिलो शब्द तिमी

ओलीको टिप्पणी- जनताको सुविधाका लागि सडकसञ्जालको विकास अपरिहार्य

चन्द्रौटा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिँदै

काठमाडौं– बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता

रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु

मुगु– रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम