मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिने « Khabarhub

मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिने


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत दिने भएको छ ।

मुख्यमन्त्रीले विश्वासको मत मागिसकेपछि प्रदेश सभा बैठकमा बोल्दै नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलका नेता जीवन शाहीले विश्वासको मत दिने बताएका हुन् ।

‘राजनीतिमा फाइदा र बेफाइदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,’ शाहीले भने, ‘हामीले मत दिँदा पनि मुख्यमन्त्रीलाई बहुमत त पुग्दैन नै ।’

राप्रपाले भने कसको पक्षमा उभिने भन्ने निर्णय गरिसकेको छैन । कर्णाली प्रदेश सभामा राप्रपाका एक जना मात्र सांसद् छन् ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका ६ जना सांसद् छन् । एमालेका १९ जना (सभामुख बाहेक) सांसद् छन् । मुख्यमन्त्री शाही आवद्ध दल माओवादी केन्द्रका १२ प्रदेशसभा सदस्य छन् ।

कांग्रेससँगै राप्रपाले समेत साथ दिँदा पनि कर्णालीमा ठूलो दलका हिसाबले एमालेले नै सरकार गठन गर्न सक्छ । मुख्यमन्त्री शाहीले आफू नेतृत्वको सरकार टिकाईराख्न आफ्नो पक्षमा २० मत ल्याउनुपर्ने हुन्छ ।

प्रदेशसभा बैठकमा बोल्दै नेता शाहीले एमालेसँग मिलेर सरकार बनाउने पक्षमा कांग्रेस नरहेको बताए ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : १० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार