ह्वीप नमान्ने चार सांसदलाई कारबाही गर्ने एमालेको तयारी « Khabarhub

ह्वीप नमान्ने चार सांसदलाई कारबाही गर्ने एमालेको तयारी

कारबाही भोग्न तयार छौँ : सांसद अमरबहादुर थापा



काठमाडौँ – पार्टी ह्वीप विपरित मतदान गरेर कर्णाली सरकार जोगाउने चार जना सांसदलाई नेकपा एमालेले कारबाही गर्ने तयारी गरेको छ ।

तर, ह्वीप उल्लंघन गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका प्रदेशसभाका सांसद अमरबहादुर थापाले कारबाहीका लागि तयार रहेको बताए । ह्वीप उल्लंघन गर्नेलाई कारबाही हुने जानकारी भएरै उल्लंघन गरेको उनले बताए । उनले खबरहबसँग भने, ‘कारबाही गर्ने होला, कारबाहीको कुनै अर्थ छैन ।’

केन्द्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत कारबाही गरिएको भन्दै उनले भने, ‘पहिलो कुरा माधव नेपाललाई कारबाही गरेपछि हामीलाई कारबाही गरेर के अर्थ भयो र ? कारबाही गरेपनि, जे गरेपनि हामीलाई केही फरक पर्नेवाला छैन ।’

सांसदको पदभन्दा महत्वपूर्ण संगठन रहेको भन्दै उनले भने, ‘सबैभन्दा महत्वपूर्ण भनेको संगठन हो । संगठनलाई अघि बढाएर जाने हो ।’

अब बन्ने सरकारमा समेत सहभागी हुने उनले बताए । उनले भने, ‘सरकारमा जाने नै हो । तर कुन मितिमा जाने भनेर अहिले नै निर्णय भइसकेको छैन । ’

माओवादी परित्याग गरेर एमालेमा नेताहरू गएको भन्दै उनले प्रश्न गरे, ‘प्रचण्डका मान्छे केपी ओलीकोमा जान हुने हामी जान किन नहुने ?’

यसैबीच, ह्वीप उल्लंघन गरेका सांसदलाई के गर्ने भन्ने निर्णय गर्न एमालेको कर्णाली प्रदेश संसदीय दलको बैठक बसिरहेको छ । बैठकपछि आवश्यक निर्णय लिने जनाइएको छ ।

एमाले सांसदले फ्लोर क्रस गरेपछि अल्पमतमा परेको कर्णाली सरकार फेरि बहुमतमा पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ६ : २३ बजे

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल