हाल नेपालमा १०० कोरोना संक्रमितको आईसीयूमा उपचार हुँदै, कुन प्रदेशमा कति ? « Khabarhub

हाल नेपालमा १०० कोरोना संक्रमितको आईसीयूमा उपचार हुँदै, कुन प्रदेशमा कति ?


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ५३७ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षण ६४ जना गरी ९ सयमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५००८ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये आज देशभरका आईसीयूमा १ सय जना उपचाररत छन् भने ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेश १ आईसीयूमा २, भेन्टिलेटर १ जनाको उपचार भइरहेको छ । प्रदेश २ मा २ जना आईसीयूमा उपचाररत छन् । यसैगरी वाग्मतीमा ४६ जना आईसीयूमा र २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशमा ८ जना आईसीयूमा र एकको भेन्टिलेटरमा उपचार भइरहेको छ भने लुम्बिनी प्रदेशमा ३६ जना आईसीयूमा र भेन्टिलेटरमा १२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार कर्णालीमा ४ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने सुदुरपश्चिम प्रदेशमा २ जना आईसीयूमा तथा ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ४५ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति