हाल नेपालमा १०० कोरोना संक्रमितको आईसीयूमा उपचार हुँदै, कुन प्रदेशमा कति ? | Khabarhub Khabarhub

हाल नेपालमा १०० कोरोना संक्रमितको आईसीयूमा उपचार हुँदै, कुन प्रदेशमा कति ?


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ५३७ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षण ६४ जना गरी ९ सयमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५००८ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार संक्रमितमध्ये आज देशभरका आईसीयूमा १ सय जना उपचाररत छन् भने ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रदेश १ आईसीयूमा २, भेन्टिलेटर १ जनाको उपचार भइरहेको छ । प्रदेश २ मा २ जना आईसीयूमा उपचाररत छन् । यसैगरी वाग्मतीमा ४६ जना आईसीयूमा र २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशमा ८ जना आईसीयूमा र एकको भेन्टिलेटरमा उपचार भइरहेको छ भने लुम्बिनी प्रदेशमा ३६ जना आईसीयूमा र भेन्टिलेटरमा १२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार कर्णालीमा ४ संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने सुदुरपश्चिम प्रदेशमा २ जना आईसीयूमा तथा ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ४५ बजे

हात्ती भगाउने पुराना तरिका असफल, किसान चिन्तित

कञ्चनपुर– ‘साइरन बजाउँदा, उज्यालो देखाउँदा, पटाका पड्काउँदा पनि हात्ती तर्सिन

गुन्डू ओर्लिएपछि ओली भन्दैछन्- विदेशीले खेले, बरू चरेस खानू, हरेस नखानू

काठमाडौँ- भदौ २३ र २४ गतेको राजनीतिक उथलपुथलपछि बालुवाटारबाट नेपाली

नारायणगढ–मुग्लिन सडक : सोमबार १ देखि ३ बजेसम्म बन्द गरिने

चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड आज दिउँसो १ः०० देखि ३ः०० बजेसम्म

युनिटी कप अन्तर्राष्ट्रिय क्रिकेट : नेपाली टोली आज युएई जाँदै

काठमाडौं– वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी–ट्वान्टी

दसैँ सुरु भएसँगै देशभरका शक्तिपिठमा भक्तजनको घुइँचो

काठमाडौं– बडादसैँ सुरु भएसँगै देशभरका शक्तिपिठमा भक्तजनको घुइँचो लागेको छ