तुनामा झुण्डिएर कारागारभित्रै आत्महत्या « Khabarhub

तुनामा झुण्डिएर कारागारभित्रै आत्महत्या


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चरीकोट – जिल्ला कारागारमा पूर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिले शुक्रबार कारागारभित्रै आत्महत्या गरेका छन् ।

श्रीमतीको हत्या अभियोगमा पक्राउ परेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका हिमाल थामीले कारागार शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आज दिउँसो शौचालय गर्न गएका उनी लामो समयसम्म नर्फकिएपछि कारागार प्रशासनले हेर्दा शौचालयमा आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

थामीले आफैँले लगाएको ज्याकेटको तुना निकालेर झुण्डिएर आत्माहत्या गरेको बताइएको छ । तत्काल ड्रिल गरेर ढोका फुटाउँदा थामीको मृत्यु भइसकेको कारागारका निमित्त प्रमुख पदम केसीले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ९ : ०१ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको