भारतमा थप ३ लाख १० हजारमा संक्रमण, ४ हजार ९० को मृत्यु | Khabarhub Khabarhub

भारतमा थप ३ लाख १० हजारमा संक्रमण, ४ हजार ९० को मृत्यु


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा संक्रमितको दैनिक वृद्धिमा केही कमी आएको छ ।

लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको छ । संक्रमितको यो संख्या शनिबारको तुलनामा करिव १६ हजारले कम हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख ८९ हजार ३८ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३६ लाख २३ हजार ७०८ छ ।

यस्तै त्यहाँ एकैदिन ४  हजार ९०  संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ७०  हजार ३१९ पुगेको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ६ : २५ बजे

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास