पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. अग्लो ज्वालामुखी पर्वत

सौर्य मण्डलमा सबैभन्दा विशाल ज्वालामुखी पर्वत मङ्गल ग्रहमा छ । सगरमाथा ८.८ किमि अग्लो छ भने त्यो पर्वत सगरमाथाभन्दा तीन गुणा अग्लो अर्थात् २६ कि.मि. अग्लो छ । जसको नाम ओलम्पस मोन्स हो ।

२. बढीकम तापक्रम

सन् १९२२ सालमा लिबिया देशको अजिजियामा मापन गरिएको तापक्रम ५८ डिग्री सेल्सियसलाई हालसम्मकै बढी तापक्रम मानिन्छ भने सन् १९८३ सालमा भोस्टोक, अन्टार्कटिका महादेशमा मापन गरिएको –८९ डिग्री सेल्सियसलाई हालसम्मकै सबैभन्दा कम तापक्रम मानिन्छ ।

३. जेली फिस

जेली फिसको शरीरमा ९५% पानी हुन्छ ।

४. मार्क ट्वेनको जन्ममरण

प्रसिद्ध साहित्यकार मार्क ट्वेनको जन्म हेलिस पुच्छ्रेतारा पृथ्वीदेखि पार भएर गइसकेपछिको रातमा भएको थियो भने मरण पनि पुच्छ्रेतारा पार भएर गइसकेपछिको रातमै भएको थियो ।

५. अण्डाअम्लेट

चीन देशमा एक वर्षमा कुखुराहरुले करिब १ खरब ६० करोडजति अण्डा पार्छन् । यदि ती सबै अण्डाको अम्लेट बनाउने हो भने विश्वका प्रत्येक मानिसहरुलाई १ मिटर व्यास बराबरको अम्लेट पुग्छ ।

साभार  : रोचक तथा ज्ञानवद्र्धक तथ्यहरुपुस्तकबाट

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ५ : २० बजे

इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

इलाम – बेलिब्रिजको सामग्री बोकेको ट्रक आज इलाममा ट्रक दुर्घटना

बाढी पीडितका नाममा रकम संकलन गरेको आरोपमा पक्राउ

काठमाडौं– बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम

बाढी प्रभावित क्षेत्रमा अनधिकृत ड्रोन उडाउन रोक, जफत गरिने

काठमाडौं – गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा साना तथा अनधिकृत ड्रोन उडान

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

सिन्धुपाल्चोक-रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ