प्रदेश २ को सबै जिल्लामा निषेधाज्ञा « Khabarhub

प्रदेश २ को सबै जिल्लामा निषेधाज्ञा



जनकपुरधाम– प्रदेश २ को सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ । भारतसँग सिमा जोडिएको प्रदेश २ मा कोरोना भाईरसको संक्रमण तिब्र फैलिन थालेपछि नियन्त्रण तथा रोकथामका लागि आठै जिल्लामा निषेधाज्ञा लगाइएको हो ।

भारतमा नयाँ भेरियन्टको संक्रमण उच्च रहेको र खुल्ला सिमानाका कारण यहाँ पनि त्यसको असर परेको भन्दै भारतसँग सिमा जोडिएका सबै नाकामा कडाई गरिएको छ भने सिमानाकाबाट आवतजावतमा पूर्ण रोक लगाइएको प्रदेश २ प्रहरी प्रमुख (डिआईजी) धिरजप्रताप सिंहले बताए ।

सरकारले आवश्यकता अनुसार जिल्लामा निषेधाज्ञा लगाउन सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेपछि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाएका छन् । प्रदेशको अस्थायी राजधानी रहेको जनकपुरधामसहित जनकपुरमा वैशाख २१ गते निषेधाज्ञा लगाइएको थियो । त्यसमा पुनः थप गरी जेठ १० गतेसम्म बनाइएको छ । त्यस्तै महोत्तरीमा वैशाख २२ गतेदेखि जारी निषेधाज्ञा र सर्लाहीमा वैशाख २५ गतेदेखि जारी निषेधाज्ञा थप गरी जेठ १० गतेसम्म नै बनाइएको छ । त्यस्तै रौतहटमा वैशाख २४ गतेदेखि निषेधाज्ञा लगाएको थियो भने पुनः थप गर्दै जेठ ७ गतेसम्म निषेधाज्ञा कायम गरिएको छ ।

त्यस्तै बारा र सप्तरीमा अनिश्चितकालीन निषेधाज्ञा छ । बारामा वैशाख २१ गतेको संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख २३ गतेदेखि अर्को आदेश नहुँदा सम्मको लागि निषेधाज्ञा लगाइएको हो भने सप्तरीमा वैशाख २३ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले अर्को निर्णय नहुँदा सम्मका लागि भनेर वैशाख २५ गते देखि निषेधाज्ञा जारी गरेको थियो । पर्सामा वैशाख १६ गतेबाट नै निषेधाज्ञा लगाइएको हो ।

त्यस्तै पछिल्लो पटक प्रदेश २ को सिरहा जिल्लामा पनि जेठ १ गते बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठकले २१ गते सम्म २० दिन निषेधाज्ञा लगाउने निर्णय गरेको छ । दोश्रो लहर सुरुभएयता सिरहामा पहिलोपटक निषेधाज्ञा लगाइएको हो भने बारा र सप्तरीमा पुनः थप गर्नै नपर्ने गरी अनिश्चितकालका लागि निषेधाज्ञा लगाइएको छ । त्यसतै धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा दोश्रो पटक थप गरिएको हो ।

निषेधाज्ञा थप गर्ने अधिकांश जिल्लाहरुले संक्रमणको अवस्थामा सुधार नआएको भन्दै अवधि थप गरिएको बुझिएको छ । कोरोना संक्रमणको अवस्थालाई हेर्दा प्रदेश २ मा शनिबार सम्ममा दुई सय ७७ जनाको मृत्यु भएको छ । ती मध्ये धनुषामा २५, महोत्तरीमा २१, सर्लाहीमा १५, रौतहटमा ११, बारामा २७, पर्सामा ८८, सप्तरीमा ५० र सिरहामा ३६ जना रहेका छन् । यस्तै हालसम्म निको हुनेको संख्या प्रदेश २ मा १७ हजार २५६ रहेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : ४५ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ