‘तीजको रहर आयो बरिलै’का गीतकार तथा निर्देशक चेतनको निधन « Khabarhub

‘तीजको रहर आयो बरिलै’का गीतकार तथा निर्देशक चेतनको निधन


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म लेखक, गीतकार, साहित्यकार तथा निर्देशक चेतन कार्कीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

एक सातादेखि सैनिक अस्पतालमा उपचाररत उनको कोरोना भाइरस संक्रमणबाट आइतबार बिहान निधन भएको हो ।

फिल्म निर्देशक प्रकाश सायमीका अनुसार उनको आइतबार बिहान १०ः १५ मा निधन भएको हो ।

विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा जन्मिएका उनले ‘विश्वास’, ‘भुमरी’ र ‘पहिलो प्रेम’ जस्ता फिल्म निर्देशन गरेका थिए ।

उनले लेखेका ‘तिजको रहर आयो बरिलै’, ‘छोरीको जन्म हारेको हर्क’ र ‘बैनीको दया छ भने’लगायतका गीत लोकप्रिय छन् । उनका गीतहरु नारायण गोपाल, तारा देवी, अरुणा लामा, प्रकाश श्रेष्ठ, किरण प्रधानसहितले गाएका छन् ।

उनका ‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’, ‘हनिमुन(उपन्यास)’, ‘बसिबियाँलो(कथासंग्रह), ‘माया पिरतीको कथा’, ‘जुन निदाउन थाल्यो(गीत संग्रह’, ‘कल्पना टुट चुकी है (हिन्दी कविता)’, ‘दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता)’ प्रकाशित छन् ।

उनले विसं २०२५ सालमा फिल्म ‘परिवर्तन’को पटकथा संवाद लेखनबाट नेपाली फिल्ममा पाइला चालेका थिए । उनका श्रीमति र दुई छोरा छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ११ : ४६ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली