अस्वस्थ कार्कीलाई कलाकार ‘धतुरे’ समूहको सहयोग | Khabarhub Khabarhub

अस्वस्थ कार्कीलाई कलाकार ‘धतुरे’ समूहको सहयोग


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीको बागबजारमा परिवारका सदस्यसहित कष्टकर जीवन बिताइरहेका दोलखा शैलुङका डिल्लीबहादुर कार्कीलाई कलाकार तथा निर्देशक सिपी पुडासैनी ‘धतुरे’को समूहले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।

कार्कीको करिब एक वर्षअघि रुखबाट लडेपछि शरीरको आधा भाग चल्न सकेको छैन । पुडासैनीले सामाजिक सञ्जाल फेसबुकमा केही तस्वीर राख्दै सहयोग गरेको उल्लेख गरेका छन् ।

‘अन्ततः हिजो सामाजिक सञ्जालमा भेटिएका डिल्लीबहादुर कार्की र उहाँको परिवारसँग आज भेट्ने अवसर मिल्यो । दोलखा शैलुङ निवासी उहाँ एक वर्षअघि रुखबाट सेउला झार्ने क्रममा लडेर आधा शरिर नचल्ने हुनु भएको रहेछ । कोरोना महामारीको पीडा र भएभरको सम्पत्ति आफ्नो उपचारमा सक्नु भएका अति नै विपन्न उहाँलाई म, अशोक खड्का तथा उत्तम खड्का उपस्थित भई २५,००० रुपैयाँ नगद, दुई बोरा चामल लगायतका खाद्यान्न सहयोग गरेको छौं ।’ उनले लेखेका छन् ।

कार्कीको सहयोगका लागि कलाकार पुडासैनीले नगद पाँच हजार रुपैयाँ, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का अध्यक्ष प्रकाश फूयाँलले नगद ५ हजार, तेक्वान्दो प्रशिक्षक अशोक खड्काले खाद्यान्न, तेक्वान्दो प्रशिक्षक दिल गुरुङले एक बोरा चामल, नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीले नगद १० हजार, व्यवसायी उत्तम खड्काले नगद २५ सय, तेक्वान्दो प्रशिक्षक रोहिन्द विक्रम खड्काले नगद २५ सय, सुमिला खड्काले एक बोरा चामल तथा रञ्जना थापाले खाद्यान्न सहयोग गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १ : ५२ बजे

वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गइरहेको छ : शक्ति बस्नेत

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले वर्तमान सरकारले आफ्नो

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकाल मृत्यु : संयुक्त राष्ट्रसङ्घ

जेनेभा– संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको

‘सरकारले एक वर्षमा जनअपेक्षा पूरा नगरे पनि केही राम्रा काम भए’

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले वर्तमान सरकारको एक

मन्त्री गुप्ता जोडिएको अडियो प्रकरणमा प्रधानमन्त्रीले छानबिन गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको

स्वास्थ्य बिमा बोर्डले सबै स्थानीय तहमा प्रथम बिन्दु तोक्दै 

काठमाडौं– बिमाको प्रथम सेवा विन्दुको बारेमा आवश्यक जानकारी गराउन सबै