कोरोना संक्रमित सम्पादक कार्कीको निधन « Khabarhub

कोरोना संक्रमित सम्पादक कार्कीको निधन


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणबाट जनताटाइम्स डटकमका सम्पादक शान्तिराम कार्कीको निधन भएको छ ।

नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष समेत रहेका कार्कीको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।

गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार थालिएको थियो ।

बिगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय कार्कीले जनताटाइम्स डटकमको स्थापनाकालदेखि हालसम्म सम्पादकको जिम्मेवारी सम्हालेका थिए । २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मिएका सम्पादक कार्की सौर्य दैनिकमा समेत आवद्ध थिए । सम्पादक कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष थिए ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको निधनबाट स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

महासंघको विवरण अनुसार कोरोनाले हालसम्म १३ पत्रकारको निधन भएको छ भने ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १२ : ३० बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण