कोरोना संक्रमित सम्पादक कार्कीको निधन | Khabarhub Khabarhub

कोरोना संक्रमित सम्पादक कार्कीको निधन


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणबाट जनताटाइम्स डटकमका सम्पादक शान्तिराम कार्कीको निधन भएको छ ।

नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष समेत रहेका कार्कीको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।

गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखी उपचार थालिएको थियो ।

बिगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय कार्कीले जनताटाइम्स डटकमको स्थापनाकालदेखि हालसम्म सम्पादकको जिम्मेवारी सम्हालेका थिए । २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मिएका सम्पादक कार्की सौर्य दैनिकमा समेत आवद्ध थिए । सम्पादक कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष थिए ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कार्कीको निधनबाट स्तब्ध भएको उल्लेख गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी स्वर्गीय पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

महासंघको विवरण अनुसार कोरोनाले हालसम्म १३ पत्रकारको निधन भएको छ भने ७५० भन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १२ : ३० बजे

तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाली समाजको मौलिकता

कुलमानले भने- प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ

लिस्बन– युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित