काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा « Khabarhub

काभ्रेपलाञ्चोकमा जेठ १२ गतेसम्म निषेधाज्ञा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकमा जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक म्याद थप गरी निषेधाज्ञालाई जिल्लाभरि लागू गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा आज राति १२ बजेदेखि यही जेठ १२ गते राति १२ बजेसम्मको लागि समय थप गरिएको छ ।

दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण बढिरहेको अवस्था रहेकाले जिल्ला प्रशासन कार्यालयले यसअघि जिल्लाको दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रमा मात्रै लागू हुने गरी गरिएकामा आज राति १२ बजेबाट जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

कोरोना सङ्क्रमणका दर वृद्धि भइरहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आज सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० ले दिएको अधिकार प्रयोग गरी जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा थप गरिएको हो ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ८ : ०१ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही