सपथ ग्रहणमा बोलेको शब्दावलीले प्रधानमन्त्रीलाई अदालत पुर्‍यायो « Khabarhub

सपथ ग्रहणमा बोलेको शब्दावलीले प्रधानमन्त्रीलाई अदालत पुर्‍यायो


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ ग्रहणका बेला बोलेको शब्दावलीको विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको छ ।

आइतवार प्रधानमन्त्री ओलीलाई पुनः सपथ गराउन माग गर्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ गते शुक्रवार प्रधानमन्त्रीले लिएको सपथ त्रुटिपूर्ण रहेको भन्दै रिट दायर गरेका छन् ।

शुक्रवार सपथ ग्रहणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दमा ओलीले ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न अस्वीकार गरेका थिए । आइतवार रिट निवेदन दर्ता गर्दै निवेदकहरुले संविधानको धारा-८० अनुसार सपथ बदर गरेर पुनः सपथ गराउन माग गरेका छन् ।

तर अदालत प्रशासनले भने सो रिट दर्ता नगरिसकेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ६ : ३६ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण