सपथ ग्रहणमा बोलेको शब्दावलीले प्रधानमन्त्रीलाई अदालत पुर्‍यायो « Khabarhub

सपथ ग्रहणमा बोलेको शब्दावलीले प्रधानमन्त्रीलाई अदालत पुर्‍यायो


२ जेष्ठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ ग्रहणका बेला बोलेको शब्दावलीको विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको छ ।

आइतवार प्रधानमन्त्री ओलीलाई पुनः सपथ गराउन माग गर्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले वैशाख ३१ गते शुक्रवार प्रधानमन्त्रीले लिएको सपथ त्रुटिपूर्ण रहेको भन्दै रिट दायर गरेका छन् ।

शुक्रवार सपथ ग्रहणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दमा ओलीले ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न अस्वीकार गरेका थिए । आइतवार रिट निवेदन दर्ता गर्दै निवेदकहरुले संविधानको धारा-८० अनुसार सपथ बदर गरेर पुनः सपथ गराउन माग गरेका छन् ।

तर अदालत प्रशासनले भने सो रिट दर्ता नगरिसकेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : ३६ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब