सात वटा प्रदेशको बजेट २ खर्ब ६१ अर्ब ८६ करोड, स्वास्थ्य पूर्वाधार उच्च प्राथमिकता « Khabarhub

सात वटा प्रदेशको बजेट २ खर्ब ६१ अर्ब ८६ करोड, स्वास्थ्य पूर्वाधार उच्च प्राथमिकता


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका सात वटै प्रदेश सरकारहरूले मङ्गलबार, असार १ गते, आआफ्ना प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट पेश गरेका छन् ।

सातवटा प्रदेशको कुल बजेट २ खर्ब ६१ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।

सात वटै प्रदेशले बजेटमा कोरोना महामारी नियन्त्रण र उपचार, कोरोनाविरुद्ध खोप, अस्पतालहरूको भौतिक संरचना तथा स्तरोन्नति र शिक्षालाई प्राथमिकता दिएका छन् । प्रदेशहरूले विकास निर्माणमा पनि बजेट विनियोजन गरेका छन् तर तिनमा पूर्ववर्ती बजेटहरूमा जस्तो उच्च महत्वाकांक्षा छैन ।

प्रदेश १ ले स्वास्थ्य क्षेत्रको पूर्वाधारमा बढी जोड दिएको छ । प्रदेश २ ले सबै जिल्ला अस्पलालाई २ सय शय्याका बनाउने भनेको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि बजेट विनियोजन गरेको छ ।

प्रदेश ३ ले प्रत्येक नागरिकलाई कोरोना भाइरसविरुद्ध खोप दिन भनेर २ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अस्पतालहरूको स्तरोन्नतिमा पनि विशेष जोड दिएको छ ।

गण्डकी प्रदेशले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारजनलाई ५० हजार रुपैयाँ दिने भएको छ । मृतकाका छोरोछोरीको शिक्षामा पनि आर्थिक सहायता गर्ने भएको छ ।

लुम्बिनी प्रदेशले दाङको देउखुरीमा राजधानीको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ ।

कर्णाली प्रदेशले केबलकार, जलविद्युत उत्पादनजस्ता केही महत्वाकांक्षी कार्यक्रम समावेश गरेको छ । दूध उत्पादक किसानलाई अनुदान दिने, एक जना किसानलाई सुनको हलो भएको तक्मा दिने, भेडा पालक किसानलाई भेडाको उपचारका लागि अनुदान दिनेजस्ता कार्यक्रम अघि सारेको छ ।

सुदूरपश्चिम प्रदेशले पनि स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर बजेट पेश गरेको छ । बालिका बिमा र ज्येष्ठ नागरिक कोष यस प्रदेशका नयाँ कार्यक्रम हुन् ।

सबैभन्दा ठूलो आकारको बजेट वाग्मती प्रदेशको छ । वाग्मती प्रदेशले ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेट पेश परेको छ ।

तीन वटा महानगरपालिका, एउटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका र ७४ वटा गाउँपालिका गरी कुल ११९ वटा स्थानीय तह रहेको वागमती प्रदेशमा जनगणना २०६८ अनुसार जनसंख्या ५४ लाख २३ हजार २६२ छ ।

गण्डकी प्रदेशले ३० अर्ब ३ करोड ९४ लाख रुपैयाँको बजेट पेश गरेको छ । सात प्रदेशमध्ये यो सबैभन्दा सानो आकारको बजेट हो ।

गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको चौथो दिन बजेट पेश भएको हो । गण्डकीमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट एकै दिन पेश गरिएको हो ।

एउटा महानगरपालिका, २६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका गरी कुल ८५ वटा स्थानीय तह रहेको गण्डकी प्रदेशमा जनगणना २०६८ अनुसार जनसंख्या २३ लाख ८० हजार ७४९ छ ।

सुदूर पश्चिम प्रदेशले गण्डकीको भन्दा ३० करोड रुपैयाँ बढी ३० अर्ब ३३ करोड ९४ लाख रुपैयँको बजेट पेश गरेको छ ।
एउटा उपमहानगरपालिका, ३३ वटा नगरपालिका र ५४ वटा गाउँपालिका गरी कुल ८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा जनगणना २०६८ अनुसार जनसंख्या १५ लाख ३० हजार ९८८ छ ।

दोस्रो ठूलो आकारको बजेट लुम्बिनी प्रदेशको छ । लुम्बिनीले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयँको बजेट पेश गरेको छ ।

चार वटा उपमहानगरपालिका, ३२ वटा नगरपालिका र ७३ गाउँपालिका गरी कूल १०९ वटा स्थानीय तहहरू रहेको लुम्बिनी प्रदेशमा जनगणना २०६८ अनुसार जनसंख्या ४५ लाख ४० हजार २२२ छ ।

लुम्बिनी प्रदेशमा यस वर्ष पहिलो पटक आर्थिक मामिला तथा योजनामन्त्रीले प्रदेश सभामा बजेट पेश गरे । यसअघि उक्त मन्त्रालय मुख्यमन्त्री शंकर पोखरेलले सम्हालेका हुनाले उनैले तीन वटा बजेट पेश गरेका थिए ।

प्रदेश १ ले ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयँको बजेट पेश गरेको छ ।

एउटा महानगरपालिका, उपमहानगरपालिका २ वटा, ४६ वटा नगरपालिका र ८८ वटा गाउँपालिका गरी कुल १३७ वटा स्थानीय तह प्रदेश १ मा जनगणना २०६८ अनुसार जनसंख्या ४५ लाख ३४ हजार ९४३ छ ।

प्रदेश २ ले ३३ अर्ब ७९ करोड १४ लाख रुपैयाँको बजेट पेश गरेको छ ।

एउटा महानगरपालिका, ३ वटा उपमहानगरपालिका, ७३ वटा नगरपालिका र ५९ वटा गाउँपालिका गरी कुल १३६ वटा स्थानीय तह प्रदेश २ मा जनगणना २०६८ अनुसार जनसंख्या ४५ लाख ९२ हजार ४३४ छ ।

कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट पेश गरेको छ ।

नगरपालिका २५ वटा र ५४ वटा गाउँपालिका गरी कुल ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशमा प्रदेशमा जनगणना

२०६८ अनुसार जनसंख्या १५ लाख ५५ हजार ८१६ रहेको छ ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गतेभित्र आगामी आर्थिक वर्षको बजेट प्रदेश सभाका पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १२ : ०० बजे

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न