चार प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, बाढी पहिरोबाट जोगिन आह्वान « Khabarhub

चार प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, बाढी पहिरोबाट जोगिन आह्वान


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।

मनसुनी वायुकै प्रभावले आज देशका चार वटा प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो र राति कर्णाली प्रदेश, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा भने ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘धेरै भारी’ वर्षा भन्नाले १०० मिलिमिटरदेखि २०० मिलिमिटर सम्मको वर्षालाई भनिन्छ ।

कम्तीमा बिहीबारसम्म ठाउँठाउँमा निरन्तर वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । ‘बिहीबार केही सुधार आउन सक्छ तर  वर्षाभने रोकिदैन केही कम हुन सक्छ,’ बासीले भनिन् ।

यो क्रम शुक्रबारसम्म नै कायम रहने महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।

देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशको केही भू-भागमा भारी वर्षा र थोरै स्थानमा ‘धेरै भारी’ वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : २० बजे

प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख

हेटौँडा– रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ

बाढीपीडितलाई सुदूरपश्चिम सरकारको दुई करोड सहयोग

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका

बाढी–पहिरो प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन

काठमाडौं– बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको