मेलम्ची र इन्द्रावतीको बाढीमा ५० जना बेपत्ता : मन्त्री तामाङ « Khabarhub

मेलम्ची र इन्द्रावतीको बाढीमा ५० जना बेपत्ता : मन्त्री तामाङ


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले ५० जनाभन्दा बढी बेपत्ता बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले जनाएका छन् ।

सिन्धुपाल्चोकबाटै प्रतिनिधिसभामा निर्वाचित मन्त्री तामाङका अनुसार मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त भएको छ ।

यस्तै तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको उनले जनाएका छन् । बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल तथा बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुल एवं दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको उनले जनाएका छन् ।

‘मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको,  मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल सम्पूर्ण उडाएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ । यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुट्न हार्दिक अपिल गर्दछु ।’

खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन पनि उनले अपील गरेका छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ७ : ३७ बजे

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार

होर्मुजमा तनाव चुलिँदा अमेरिकाद्वारा इरानमाथि आक्रमण तीव्र

एजेन्सी -होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु

व्यापार र विकास सहकार्यमा नेपालको आग्रह

काठमाडौं- नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास