कास्कीमा खहरे खोलाले बगाउँदा महिलाको मृत्यु « Khabarhub

कास्कीमा खहरे खोलाले बगाउँदा महिलाको मृत्यु


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- अविरल वर्षापछि बढेको खहरे खोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मा एक महिलाको मृत्यु भएको छ ।

हिजो राति करिब ८:३० बजेको समयमा टुसे बस्ने ४० वर्षीया लीलादेवी परियारलाई खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिए । महिलाको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।

प्रहरी चौकी घाचोकबाट गएको प्रहरी टोलीले महिलाको शव खोलाबाट बाहिर निकालेको र मुचुल्का कार्य आज गरिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । केही दिनदेखिको लगातारको अविरल वर्षाले जिल्लाका विभिन्न नदीमा पानीको सतह बढेको छ । पहिरोका कारण ग्रामीण सडकहरु अवरुद्ध बनेको बताइन्छ ।

जिल्ला प्रशासन कार्यालयले पनि हिजो साँझ सूचना जारी गरी जिल्लाका सेती, मर्दी, मादी, सार्दी, विजयपुर, हर्पनलगायतका नदीमा पानीको बहाव उच्च हुनसक्ने भएकाले नदी किनारमा बाढी, डुबान हुने तथा भिरालो र जोखिमयुक्त क्षेत्रमा पहिरो जनन सक्ने हुँदा सचेत र सतर्क रहन अनुरोध गरेको छ ।

विपद्जन्य घटनाको उच्च जोखिम भएमा वा कुनै अप्रिय घटना घटेमा प्रशासनलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  ८ : ०७ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको