सिन्धुपाल्चोकमा बाढी र पहिरो : उद्धार र राहतमा जुट्न सभामुखको अपील « Khabarhub

सिन्धुपाल्चोकमा बाढी र पहिरो : उद्धार र राहतमा जुट्न सभामुखको अपील


२ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिन्धुपाल्चोकको बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा जुट्न सभामुख अग्निप्रसाद सापकोटाले अपील गरेका छन् ।

सभामुख सापकोटाले पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहतका लागि जुट्न सबै पक्षलाई अपील गरेका हुन् । सभामुख सापकोटाको गृह सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा मंगलबार रातिको बाढी र पहिरोबाट ७ जनाको मृत्यु भएको छ । हराइरहेकाहरूको खोजी जारी छ ।

‘सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा हिजो साँझदेखि लगातार आइरहेको भीषण बाढीका कारण तटीय क्षेत्रमा भएको अपूरणीय मानवीय र भौतिक क्षतिको खबरले स्तब्ध छु । विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्दछु,’ सापकोटाले भनेका छन् ।

सापकोटा स्थलमार्ग हुँदै आजै सिन्धुपाल्चोक जाँदै छन् ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १० : ०१ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको